ट्याक्टर र मोटरसाइकल ठोक्किदा नवलपुरको देवचुलीका एक युवा घाइते

धौलागिरी अनलाइन पुस १७ शुक्रबार दिउँसो नवलपुरको देवचुलीमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक युवा घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको लु ३ त ७९१५ नं.को ट्याक्टरको पछाडि भागमा सोही दिशाबाट आइरहेको लु ५५ प ७३२९नं.को मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक नवलपुरको देवचुली नगरपालिका–३ का १९ वर्षीय सुभष पुन मगर घाइते भएका हुन् । उपचारको लागि घाइते पुनलाई भरतपुर अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.