निसीखोलामा जीप दुर्घटना हुँदा एकको मृत्यु

धौलागिरी अनलाइन पुस -२२ बागलुङ – निसीखोला गाउँपालिका वडा नम्बर २ बाहुनगाउँ काँडादेखि जुग्गा खोला तिर जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप चालक वडा नम्बर ३ का अन्दाजी २६ वर्षीय कमरा रोका मगरको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले बताएका छन ।
उक्त जिपमा सवार भएका ४ जना घाइते भएका छन् । घाइते हुने मा वडा नम्बर ३ का २७ वर्षीया बिरमला विक,५४ वर्षीय प्रेम विक, १ वर्षीय सुवास विक, २४ वर्षीया मनि विक,२१ वर्षीया रतना सुनार, ६ वर्षीय योजन विक र रुपन्देही जिल्ला देवी नगरका ५ वर्षीय सत्य लोहार, रहेको अध्यक्ष विश्वकर्माले बताए । बाहुन गाउँआएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
अन्य विस्तृत बिवरण अाउन बाँकि

Leave comment

Your email address will not be published. Required fields are marked with *.