घाँस काट्ने क्रममा खोल्सामा लडेर स्याङ्जामा एक वृद्धाको मृत्यु

धौलागिरी अनलाइन पोखरा – स्याङ्जामा एक वृद्धाको घाँस काट्ने क्रममा खोल्सामा लडेर मृत्यु भएको छ । स्याङ्जा जिल्लाको हरिनास गाँउपालिका वडा नं ५ वसन्तडाँडा बस्ने ६४ वर्षीय सेती कमिनी शनिवार पौने ६ बजे खोल्सामा मृत भेटिएकी हुन् ।
ती वृद्धा दिउसो ४ बजे घाँस काट्न भनी घरबाट निस्किएर नफर्किए पछि मृतकका आफन्तले खोजतलास गरेका थिए । बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभएको छन्त्याल ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रेग्मीले बताउनुभयो ।