घरको तीन तल्लामाथिबाट खसेर पोखरामा एक जना को मृत्युु

धौलागिरी अनलाइन पोखरा न्युज – घरको तीन तल्लामाथिबाट पोखरा-५ पस्र्याङ निवासी ५५ वर्षीय भुपाल रेग्मीको खसेर मृत्यु भएको छ ।
अचानक आइतबार दिउँसो १२.३० बजे घरको तीन तलामाथिबाट भुईमा खस्दा गम्भीर घाइते भएका रेग्मीको पोखरा स्थित फेवासिटी अस्पतालमा उपचारकै क्रममा मंगलबार दिउँसो ३.०० बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।