अमलाचौरमा नेपाली काँग्रेसका भातृ संस्था नेपाल तरुणदलको भेला तथा अधिवेशन सम्पन्न

धौलागिरी अनलाइन बागलुङ नगरपालिका–१२ अमलाचौरमा नेपाली काँग्रेसका भातृ संस्था नेपाल तरुणदलको भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

उक्त भेला तथा अधिबेशनको उदघाट्न गर्दै नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’
संगै कार्यक्रममा क्षेत्रीय सदस्य नारायण श्रेष्ठ, नेपाली काँग्रेस अमलाचौरका सभापति कोपिलामणी शर्मा, पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, बागलुङ नगरपालिका–१४ नारायणस्थानका अध्यक्ष चक्रबहादुर खत्री, लगायतले अाफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमको सम्बोधन गर्दै नेपाल तरुणदल अमलाचौरका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता, नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि हरि लामिछानेको स्वागत र नेपाली काँग्रेस अमलाचौरका सचिव ढाकाराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

नेपाल तरुणदलको भेला तथा अधिवेशनले महानन्द पौडेलको अध्यक्षतामा अमलाचौर वडा समिति गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा हरि पौडल र कृष्ण नेपाली सचिवमा प्रकाश लामिछाने, कोषाध्यक्ष उषा पौडेल र सहसचिव यामबहादुर गौतम रहेका छन ।

अधिवेशनले कार्यसमितिको सदस्यमा थप १५ जनालाई निर्वाचित गरेको छ । संगठन विस्तारको अभियान संचालनमा नेपाल तरुणदल बागलुङले जिल्लाका ८५ वटै वडामा गरेको हो । सोही अभियान अन्तरगत अमलाचौरमा पनि तरुणदलको भेला तथा अधिवेशन गर्ने गरी भेला तथा अधिवेशन सम्पन्न गरिएको उपाध्यक्ष पौडेलले बताए ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.