आँबुखैरेनी चोकमा स्कुटरमा सवार एक युवती ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै मृत्यु

धौलागिरी अनलाइन तनहु- आँबूखैरेनी ३ आँबुखैरेनी चोकमा स्कुटरमा सवार एक युवती ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।

एन एल ०२ एन २९८६ नम्बरको ग्यास बुलेट मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेकोको अबस्थामा ना १९ प ९२४ नम्बरको मोटरसाइकलमा सवार युवती ग।३ च २०८४ नम्बरको कारमा गई ठक्कर खाँदा लम्जुङ मध्यनेपाल नगरपालिका वडा नम्बर ६ भोर्लेटार कि १७ वर्षीया अन्बेसा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

ग्यास बुलेट चालक भारत बिहार प्रदेश पुजारा जिल्ला बस्ने बर्ष ३० को पंकज कुमार, र युवती संगै सवार ना १९ प ९२४ नम्बरको मोटर साईकल चालक चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं ४ बस्ने बर्ष ५१ को युवराज घिमिरे र
ग ३ च २०८४ नम्बरको चालकस्-जिल्ला स्याङजा चापाकोट न।पा ८ बगैचा बस्ने बर्ष ३७ को श्रीराम घिमिरे पनि घाइते भएको प्रहरीले जनाएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.