भ्यालेन्टाइन्स डे दिवस नेपाल र विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।

धौलागिरी अनलाइन बागलुङ – आज भ्यालेन्टाइन्स डे,अर्थात् प्रणय दिवस नेपाल र विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।

प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाउने गरिन्छ ।

मुख्यतय युवायुवतीले प्रेम प्रस्ताव राख्ने प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर, प्रेमभाव साटासाट गरि पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । १४ फेब्रुअरीका दिन युवायुवतीले यश पर्व विशेष गरि मनाउने गर्दछन । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.