कोदालो प्रहार बाट काठेखोला गाउँपालिकामा एक जनाको हत्या

धौलागिरी अनलाइन – कोदालो प्रहार बाट काठेखोला गाउँपालिकामा एक जनाको हत्या भएको छ ।

बागलुङ जिल्ला काठेखोला गाउँपालिका—२ भीमापोखरामा एक जनाको मृत्यु हुनुका साथै ६ जना घाईते भएको प्रहरीले जनाएको छ । मानसिक अवस्था ठिक
नभएका भिमापोखराका सोमबहादुर किसानले कोदालो, दाउराको चिरपट, ढुङ्गाले प्रहार गर्दा स्थानीय यामबहादुर केसीको मृत्यु भएको हो ।

घाईते भएका लक्ष्मी चापागाई , विष्णुमति चापागाईको अवस्था गम्भीर रहेको याम बहादुर केसि लाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा ल्याएपछि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठका अनुसार अन्य चार जनाको अवस्था सामान्य रहेको बताए । दाउराको चिरपट ,कोदालो र ढुङ्गा लगायतले जथाभावी प्रहार गरिएको प्रहरीले जनाएको छ ।

अन्य घाईतेहरुको धौलागिरि अञ्चल अस्पतालमा बागलुङ मा उपचार भैरहेको छ । जथाभावी आक्रमण गर्ने सोमबहादुर किसान प्रहरी नियन्त्रणमा छन् ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.