पर्वत जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

धौलागिरी अनलाइन- पर्वत जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

सोमबार बिहान ७.०० बजे पर्वतको जलजला गाउँपालिका-८ खनियाँघाटमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट २२ मिटर तल खोँचमा खस्दा ध १ प ८९५८ नं.को मोटरसाइकल चालक बागलुङ जिल्ला बागलुङ नगरपालिका-२ निवासी ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारको लागि बागलुङ स्थित धौलागिरि अस्पतालमा पुरायता भएपनि केसिको उपचारकै क्रममा बिहान ८.०० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङ ले जनाएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.