तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु

 

धौलागिरी अनलाइन न्यूज । माछामार्ने क्रममा तनहुँमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

डुम्रे खोलामा केन्द्रीय लाइनको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा १५ वर्षीय बालक बन्दीपुर गाउँपालिका ४ का स्वरुप तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

धाईते भएर उपचारका लागि डुम्रेको लक्ष्मी अस्पताल लगिएको भएपनि चिकित्सकले तामाङलाई मृत घोषणा गरेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले दिनुभयो ।

बिस्तृत घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.