ऐतिहासिक दोश्रो हाँडिकोट महोत्सवमा उर्लियो जनसागर, चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति संगै भब्य रुपमा सम्पन्न:

ऐतिहासिक दोश्रो हाँडिकोट महोत्सवमा उर्लियो जनसागर, चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति संगै भब्य रुपमा सम्पन्न
 

धौलागिरी अनलाइन बागलुङ, जैमिनि १५ चैत २०७७ ।

हाँडिकोट सामुदायिक विकास केन्द्रको आयोजनामा दोस्रो हाँडिकोट पर्यटन महोत्सव सम्पन्न भएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको हाँडिकोटमा १० गतेदेखि सुरु भएको महोत्सव १५ गते आइतवार पुरुष र महिला भलिवल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता लगाएतका खेलहरूको समेत सम्पन्न भएको हो ।

महोत्सवमा आइतवार जनवादी गायक जिवन शर्मा, निलिमा पुन, चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, प्रेम पौडेल लगाएतको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले कार्यक्रम लाई सम्बोधन गर्दै भन्नुभयो ” हाँडिकोटको विकास गर्नको लागि पर्यटनको क्षेत्रमा लगानी गर्नेहरु प्रसस्त रहेको भन्दै उहाँले लगानी कर्तालाई हाँडिकोटमा नै ल्याएर देखाएपछि उनिहरु थप विश्वस्त भएर यस ठाउँको विकासमा बैंकहरुले लगानी कर्जा उपलब्ध गराउने शेरचन ले बताउनुभयो ।

यस ठाउँलाई विकास गर्ने हो भने जैमिनी नगरपालिका समृद्ध बन्ने विश्वास व्यक्त गर्दै नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माले हाँडिकोटको ईतिहास खोजेर बागलुङ जिल्लाको दक्षिणीभेग जैमिनी नगरपालिका १० राङ्खानीमा रहेको हाँडिकोट पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । यहाँबाट बागलुङका साथै बिभिन्न जिल्लाका शहरहरु सजिलै देख्न सकिन्छ । यस ठाउँमा भुरे टाकुरे राजाहरुले राज्य चलाएको ईतिहास रहेको बताउनुभयो । यस्तै जैमिनी नगरपालिका वडा नं ४ का वडाध्यक्ष तथा जैमिनि नगर बिकास समिति संयोजक चक्र थापाले जैमिनीको पर्यटन बिकास र रमणीय क्षेत्र हाँडिकोट जैमिनिको सान बोकेको हाँडिकोटलाई जैमिनीले प्राथमिकतामा राखेर विकास गर्न लागेको बताउनुभयो ।

राङ्खानी मै जन्मनुभएका जनवादी गायक जिवन शर्माले आफ्नो बाल्यकालको स्मरण गर्दै हाँडिकोटको विकासमा सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । शर्माले हाँडिकोट भएर नै स्वच्छहावा र स्वच्छ पानी पाइएको भन्दै यस क्षेत्रको प्रचार प्रसार , पर्यटन प्रबर्द्धन , होम स्टे संचालन गरि संरक्षण गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

महोत्सव मा अायोजक टिम द्वारा प्रमुख अतिथि , अतिथिहरु, पत्रकार ,राष्ट्रिय कलाकार , स्थानीय कलाकार हरु लाई मायाको चिनो, बिजेता टिमहरुलाई पुरस्कार बितरण कार्यक्रम सहित करिव १२ हजार दर्शकहरु बिचमा महोत्सव सफल बनाउन राजेन्द्र मल्टि साउण्ड सर्भिस को उत्कृष्ट सुमधुर साउण्ड सहित कार्यक्रम सम्पन्न भएको थियो ।       

Leave comment

Your email address will not be published. Required fields are marked with *.