बा.न.पा-१४ का बिद्यालयका बिद्यार्थी,लगायत समुदायस्तरमा ३९ जनामा कोरोना भाईरस कोभिड-१९ पुष्टि

बागलुङको बलेवा नारायणस्थान को जनता धन माध्यमिक बिद्यालय का २० जना बिद्यार्थी ४ जना शिक्षक र गणेश माध्यमिक बिद्यालयका ३ जना बिद्यार्थी, धौलागिरी प्राबिधिक शिक्षालयका ४ जना र अाधारभुत निमावि का शिक्षक १ जना र बाँकी अन्य समुदायका अभिभावक हरु सहित ३९ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा क्रमशः उमेर समुहका १४,१७,४६,२२,३६,१०,२१,१९,१८,११,११,१३,१६,१६,१६,१६,१५,१३,१७,९,२३,४५,१७,१८,१४,३५,२२,४०,२५,१७,५२ बर्षिय पुरुष, महिला गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङले बा.न.पा-१४ का विद्यालयहरु लगायत समुदायका अभिभावक सहित ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरुसँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन ।

संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भने पनि विद्यालय बन्द गर्न अादेश र संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नु पर्ने माग गरेका थिय ।
जिल्ला प्रशासन कार्यालय , बागलुङ नगरपालिकाका वडा नं १२,१३ र १४ साविक अमलाचौर, पैयुपाटा,नारायणस्थान गा.वि.सको क्षेत्रमा मिति २०७७/०१/०७ गते रातको १२ वजे देखि मिति २०७७/०१/१७ गते रातको १२ वजे सम्म लागू हुने गरि निषेधाज्ञा जारि भएको हो ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.