म्यादीमा बिरामी बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु

धौलागिरी अनलाइन- जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ फापरखेतमा बिहीबार राति मालिका गाउँपालिका वडा नम्बर ३ पात्लेबाट ग १ ज ६७८८ नम्बरको बिरामी लिएर बेनीतर्फ आउँदै गरेको जीप सडकबाट म्याग्दी नदीमा खसेकाे प्रहरीले जनाएकाे छ ।

मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा ल्याउदै गरेको जीप दुर्घटना भएको हो । ३० वर्षीय नरबहादुर रोका चालक घाइते लाई पोखरा रेफर गरिएको छ ।

बेनी अस्पतालमा उपचार को क्रममा मालिका गाउँपालिका वडा नम्बर ३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको उपचार भइरहेको छ ।

घाइते एकै परिवारका सदस्यहरु हुन् । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।