नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न



१६ माघ २०७७ बागलुङ धौलागिरी अनलाइन बिक्रम पौडेल नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बागलुङ नगरपालिका -१४ नारायणस्थान को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न उक्त समारोहको उद्घाटन बा.न.पा-१४ का वार्ड अध्यक्ष र यश कार्यक्रम प्रमुख अतिथि चक्रबहादुर खत्री ले गरेका थिए । कार्यक्रम को सभापति प्रतिष्ठान का अध्यक्ष भरत पौडेल बाग्लुङे र स्वागत मन्तब्य सोगिन्द खत्री संगै कार्यक्रम संचालन सचिव नारायण श्रेष्ठ गरेका थिए । उक्त कार्यक्रममा यश प्रतिष्ठान का अाजिवन सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिले समाजको बिकास तिर अगाडि बनाउन अाफ्नो पुर्ण रुपमा सहयोग रहने बताएका थिए । उक्त सभाको भेला बाट नयाँ कार्य समितिमा अध्यक्ष- कमल कुमार जिसि, उपाध्यक्ष- नरेश्वर शर्मा,सचिव -बिक्रम पौडेल,सह-सचिव कृष्ण प्र.सुवेदी कोषाध्यक्ष – रेखा भण्डारी श्रेष्ठ,सदस्यहरु भक्त बहादुर बिक, जयनारायण अधिकारी,गणेश बि.क,योगेन्द्र राज पौडेल, जमुना श्रेष्ठ,अनिता खड्का सहित नयाँ समिति गठन सहित कार्यक्रम समापन भएको हो ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.