काठमाडौका लागि छुटेको माईक्रो बेनीघाट चरौंदी बजार ट्रकसँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

धौलागिरी अनलाइन कावासोती – पृथ्वी राजमार्गको चरौंदी बजारमा काठमाडौं तर्फ जादै गरेको बा ३ ख ८४ नम्बरको माइक्रो बस बेनीघाट चरौंदी बजार रातोघर नजिक रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रक मुनि छिर्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.