माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

धौलागिरी अनलाइन – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’लाई वसन्त पञ्चमी पनि भनिन्छ । अाज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्नेे गरेको पाईन्छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.