३९० घण्टाको लागि ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम वा.न.पा -१४ मा संचालन

धौलागिरी अनलाइन – धौलागिरी बहुप्राविधिक शिक्षालय बागलुङ नगरपालिका -१४ नारायणस्थान र बागलुङ नगरपालिका वार्ड -१४ को समन्वय, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् गण्डकी प्रदेशको सहयोग र राहत बहुउद्देश्यीय सहकारी संस्था लि बा.न.पा-१४ को ब्यबस्थापनमा ३९० घण्टाको लागि ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम २०७७ फागुन ७ गते उद्घाटन भएको हो । 
कार्यक्रमको उद्घाटन बा.न.पा -१४ का समाजसेवी लक्ष्मि नारायण श्रेष्ठ संगै स्वागत मन्तब्य झलक कुमार श्रेष्ठ गर्नुभएको हो । शुभकामना मन्तब्य कृष्ण बहादुर खत्री , प्रेम पोख्रेलले राख्नु भएको हो । उक्त कार्यक्रमको संचालन नारायण प्रसाद श्रेष्ठ ले गर्नु भएको हो ।
ग्रामीण पशु स्वास्थ्य कार्य कर्ता तालिम मा सहभागी हरु ले अाफु ले यस तालिम बाट सिकेका ज्ञानहरु अाफ्नो टोल / समुदायमा सिकाउन बताएका छन ।
उक्त कार्यक्रममा सहभागी हुन बागलुङ नगरपालिका -१४ का वार्ड अध्यक्ष अाफ्नो कार्य ब्यस्तता का कारण उपस्थित हुन नसकेको र कार्यक्रम को शुभकामना सन्देश पठाएको बताउनु भएको हो ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.