पर्वतको अम्बोटमा जीप दुर्घटना हुँदा तीन जना घाइते

धौलागिरी अनलाइन- पर्वतमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

पर्वत जिल्ला को मोदी गाउँपालिका-५ अम्बोटस्थित कुश्मा-पोखरा सडक खण्डमा म्याग्दीबाट पोखरातर्फ आउँदै गरेको ग ३ च १०९ नं.को जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा दुर्घटना परेका हुन ।

जीपमा चार जना सवार रहेकोमा एक जना सकुशल रहेको धाईते तीन जनाको उपचारका लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । के कारणले घटना भएको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.