मुस्ताङमा एक व्यक्ति मृत अवस्थामा फेला

-
धौौलागिरी अनलाइन न्यूज । मुस्ताङ जिल्लाको घरपझोङ् गाँउपालिका–३ स्याङ आइतबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
स्याङ निवासी ४९ वर्षीय टिका बहादुर थकाली मृत अवस्थामा शनिबार साँझ ५ .३० बजे घरबाट निस्केका थकालीको खोजी गर्ने क्रममा आइतबार बिहान ८.३० बजे सोही वडास्थित ढोखाङ डाँडाबाट ५० मिटर दुरी तल मृत अवस्थामा फेला फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।