ललितपुरको एकान्तकुनामा जीपले ठक्कर दिँदा विद्यार्थीको मृत्यू

धौलागिरी अनलाइन न्यूज । सवारी दुर्घटनामा ललितपुरको एकान्तकुनामा आज एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको स१ज ५६७ नं को जीपले ठक्कर दिँदा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पाटन अस्पतालमा उपचारका क्रममा ठक्करबाट गम्भीर घाइते दाहालको मृत्यु भएको थियो । घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै गाडी र त्यसका चालकलाई नियन्त्रण गरि कारवाहीको माग गरेका छन् ।

दाहाल कोटेश्वर बहुमुखी क्याम्पस का एक कृयाशिल , अनुसासित विद्यार्थी हुन् । जिप चालक लाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.