पिक अप जीप बागलुङको तमानखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु

धौलागिरी अनलाइन पिक अप जीप बागलुङको तमानखोला गाउँपालिका—१ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाईते भएका छन् ।

तमानखोलाको बोङ्गादोभान बजारबाट तमानखोला—१ को पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ गाडी नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

उक्त दुर्घटनमा अन्य पाँच जना गम्भी घाईते भएका छन् ।

उक्त पिकअप जिपमा चालक सहित ६ जना सवार थिय दुर्घटना महाभिर भन्ने स्थानमा सडकबाट दुई समय मिटर तल खसेको तमानखोलाबाट झकबहादुर बुढाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले भने दुर्घटना भएको र घटनाको विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.