नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान को आयोजनामा पहिलो चरणको सरसफाइ अभियान नारायणस्थानमा सम्पन्न

धौलागिरी अनलाइन चैत २७ बागलुङ नगरपालिका -१४ नारायणस्थानमा २०७३ सालमा स्थापित समृद्ध नारायणस्थान हाम्रो अभियान भन्ने मुल नारा का साथ नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान को अायोजना र ईलाका प्रहरी कार्यालय वलेवा, बागलुङ नगरपालिका वडा नं १४ को सहअायोजनामा वा.न.पा -१४ वडा भित्र पहिलो चरणको सरसफाइ अभियान तथा फोहोर ब्यबस्थापन का लागि फोहोर मलाई का बकेटहरु टोलका बिद्यालयहरु , ईलाका प्रहरी कार्यलय बलेवा ,नारायणस्थान स्वास्थ्य चौकि लगायत टोल सुधार समितिका संयोजकहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रम मा बा.न.पा-१४ का वडाध्यक्ष चक्रबहादुर खत्री ले नारायणस्थानको खुल्ला मन्च अगाडि सरसफाई तथा ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रम बा.न.पा -१४ निवासि हाल जापान मा रहनु भएका नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान प्रवास समितिका अध्यक्ष सेवक पिसि ज्यु ले अाफ्नो छोरा सचिन पिसि को जन्मउत्सवको सु-अवसरमा फोहोर मलाई बकेट खरिद गर्न रु २०,०००/- बिस हजार रूपैयाँ र बा.न.पा-१४ नमुनागाउ निवासि हाल अमेरिका मा रहनुभएका गणेश हरिजनबाट रु १५०००/- पन्ध्र हजार रुपैया सहयोग गर्नुभएको थियो । कार्यक्रम का सभापति नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान का उपाध्यक्ष नरेश शर्मा ले गर्नुभएको थियो । स्वागत मन्तब्य सदस्य योगेन्द्र राज पौडेल र अतिथि मन्तब्य ईलाका प्रहरी कार्यलय वलेवा का प्रमुख पदम खत्री , बा.न.पा-१४ का वडाध्यक्ष चक्रबहादुर खत्री ज्यु ले सरसफाइ अभियान गरेको मा नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान र सहयोगी दाताहरूलाई धन्यवाद दिनुभएको थियो ।
जनता धन माध्यमिक बिद्यालय , अाभारभुत नि माध्यमिक बिद्यालय , ज्ञान ज्योति बोडिङ स्कुल का बिद्यार्थी हरुको सहभागी रहेको थियो ।
कार्यक्रम को समापन नरेश शर्मा ले गर्नु भएको थियो ।
उक्त कार्यक्रमको संचालन सचिव बिक्रम पौडेल ले गर्नु भएको थियो ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.