कोरोना संक्रमणबाट बागलुङको ताराखोला गाउँपालिकाका एक जना जनप्रतिनिधिको मृत्यु

 

कोरोना संक्रमणबाट बागलुङको ताराखोला गाउँपालिकाका एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए ।

उनको धौलागिरी अस्पतालमा आइसियुमा राखेर उपचार गर्दै गर्दा सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यलय बागलुङका कोभिड १९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए ।भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित महिला सदस्य हुन् । उनी करिब एकहप्ता अघिदेखि बिरामी परेको बताइएको छ । गाउँपालिकामा हाल १२ जना संक्रमित रहेका छन् ।
साभार बागलुङ पोष्ट

Leave comment

Your email address will not be published. Required fields are marked with *.